काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट समानुपातिकतर्फ चार सिट प्राप्त गरेको श्रम संस्कृति पार्टीले आफ्ना सांसदको नाम टुंग्याएको छ।
पार्टीले समानुपातिकतर्फ पाउने चार जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो। पार्टीको निर्णयअनुसार आदिवासी महिला कोटाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खस–आर्य महिला कोटाबाट अम्बिका संग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल तथा आदिवासी जनजाति कोटाबाट पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गरिएको छ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ उल्लेखनीय मत प्राप्त गर्दै चार सिट सुनिश्चित गरेको थियो। सोही आधारमा पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समुदायको प्रतिनिधित्व हुने गरी नाम चयन गरेको जनाएको छ।
पार्टीले सिफारिस गरेका यी नामहरू निर्वाचन आयोगमा पठाइनेछ। आयोगबाट प्रक्रिया पूरा भएपछि उनीहरू औपचारिक रूपमा प्रतिनिधिसभा सदस्य बन्नेछन्।

