मोरङ: मोरङमा नेकपा एमालेका अध्यक्ष केपी ओली पक्षले आयोजना गरेको कार्यक्रमस्थलका कुर्सी भाँचिएको छ ।
उर्लाबारीमा आयोजित कार्यक्रमअगावै कार्यक्रमस्थलमा तोडफोड भएको हो ।
उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा नगरस्तरीय विस्तारित बैठक बोलाइएमा निर्धारित कार्यक्रमअगावै एक समूहले कार्यक्रमस्थलमा राखिएका कुर्सी तोडफोड गरेका हुन् ।
गाडीमा आएका केही मानिसले कार्यक्रमस्थलमा तोडफोड गरेको बताइएको छ । कसले तोडफोड गरेको हो भनेर खोजी गरिरहेको जानकारी प्राप्त भएको छ ।
माधव समूहका नगर संयोजक गंगा बास्तोलाले ओली पक्षकै असन्तुष्ट पक्षले घटना गराएको हुन सक्ने बताए ।
उनले आफूहरु बैठकमा नगएको र २०७५ जेठ २ गतेका अध्यक्षले बैठक आह्वान गरेमात्र जाने बताए । एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेल घटनास्थलमा पुगेर त्यसबारे जानकारी लिइरहेका छन् ।

