ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका लगानीकर्ताहरूले आज (मंसिर ८ गते) लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। दुवै बैंकले लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि मंसिर ९ गते आइतबार बुकक्लोज गर्नेछन्।
ग्लोबल आइएमई बैंकले आफ्नो १८औँ वार्षिक साधारण सभा मंसिर २७ गते बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा आयोजना गर्दैछ। सभा बिहान १० बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशत बोनस शेयर वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्तिको जानकारी गराउने विशेष प्रस्ताव पारित गर्नेछ।
प्राइम कमर्सियल बैंकले आफ्नो १७औँ वार्षिक साधारण सभा मंसिर १९ गते बुधबार आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा आयोजना गर्नेछ। सभा बिहान ११ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, मर्जर तथा अधिग्रहणसम्बन्धी प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ।

