क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव कमरेड मोहन वैद्य किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डल आज साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेँ। उहाँले आइसीयूमा उपचार सुरु भएपछि सहज महसुस भएको बताउनुभयो।
उपचारमा संलग्न चिकित्सकहरूसँग छलफल गर्दै किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएँ। चिकित्सकहरुले उहाँको छातिमा सङ्क्रमण र दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने बताउनुभएको छ।
उहाँका परिवारका सदस्यहरूसँग भेट गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेँ। साथै, उहाँको उपचारमा कुनै कमी नहोस् भनेर सम्बन्धित सबैलाई ध्यान दिन आग्रह गरेका छन्।

