विन्ध्यवासिनी मन्दिरको आयोजनामा दुई महिने लोक भजन तालिम एक समारोह विच समुद्घाटन भएको छ ।राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान चन्द्रागिरि नगर समितिका अध्यक्ष तुलसीराम डुम्रेको सभापतित्व एबं विन्न्ध्यवासिनी मन्दिरका संरक्षक
रामचन्द्र शर्माको प्रमुख आतिथ्यमा भएको समुद्घाटन समारोहमा बोल्नु हुँदै शर्माले सिक्न पाउनु र सिक्नु ज्यादै महत्वपूर्ण हो ।हामीले निशुल्क तालिम दिने विचार पनि गरेका थियौं आफ्नो न्यूनतम लगानी पनि भएन भने तालिम प्रतिको चासो कम्जोर हुन्छ भन्ने सोचले थोरै शुल्क राखेको भन्नु हुँदै शुभकामना दिनु भयो ।सरला तिमल्सीनाको स्वागत मन्तव्यबाट शुरु भएको उक्त समारोहमा विशिष्ठ अतिथि राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान काठमाडौ जिल्ला उपाध्यक्ष एबं तालिमका प्रमुख प्रशिक्षक जनार्दन अधिकारी धड्कनले सिक्ने इच्छा गरेर मात्र पुग्दैन इच्छा शक्ति नभै हुँदैन र निरन्तरताको पनि जरुरी छ भन्नु भयो ।आज हामीले समयलाई बुझ्न सकेका छैनौं जुन बेला बुझ्छौं हजारौं अवसर गुमीसकेको हुन्छ त्यसैले समय सगै आउने अवसरलाई छोप्नु पर्छ भन्नु हुँदै हामीले समयको अन्दोलन नगरि हुँदैन त्यो भनेको समयलाई ठीक संग प्रयोग गर्ने हो भन्नु हुँदै ठीक समयमा आउने र ठीक समयमा फर्कने अभ्यास पनि तालिम सगै सिक्नु पर्छ भन्नु भयो ।
अर्का अतिथि शान्ति देवी घिमिरेले भजनको माध्यमले मानिसले शान्तिको महसुस गर्न सक्छ अरुले हार्मुनियम बजाएको सुन्दा र देख्दा साह्रै सुन्दर लागेर म पनि सिक्छु भनेर सहभागी भएको व्यक्त गर्नु भयो ।
सभापति डुम्रेले
तालिम मृदङ्गा,खैजडी,मजुरा र हार्मुनियम दुई महिनाको हुनेछ भन्नु हुँदै
धन्यवाद ज्ञापन गर्नु भयो।

