दिपक योगी – काठमाडौं
प्रभु शाह नेतृत्वको आम जनता पाटीले आफ्नो दोस्रो स्थापना दिवस समारोह भब्यरूपमा मनाएको छ ।आयोजक उपत्यका विशेष कमिटीले आयोजना गरेको सो कार्यक्रम काठमाडौंको कमलादी अबस्थित प्रज्ञा प्रतिष्ठान भवनमा गरिएको थियोे ! उक्त कार्यक्रमको प्रमुख अतिथि आम जनता पाटीका अध्यक्ष पूर्ब मन्त्री माननीय प्रभु शाहबाट कार्यक्रम उद्घाटन गरिएको थियोे। उक्त कार्यक्रममा पाटीका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेकोे थियोे ! जसमा पाटीका नेता कार्यकर्ताले मन्तव्य राख्ने क्रममा मधेसको जनताहरुको हक अधिकार र मधेस आन्दोलनको बिषयमा आफ्ना धारणाहरु प्रस्तुत गरेका थिए ! त्यस्तै कार्यक्रममा मधेस झल्काउने कला , सस्कृती ,नाचगान , पहिरन ,खानपिन सहितको आफ्नो परम्परा ,मान्यता झल्काउने साङ्गेतिक मनोरंजनबाट भेलालाई आकर्षन गरेका थिए ! र आफ्नो क्षेत्र र आफुहरुलाई मधेसी भनेर हेपिने ,अनेक थरीका उपनामले बोलाउने , काम गर्दा दुख दिने ,खानपिनमा भेदभाव गर्ने , काले फोहोरी भनेर बदनाम गर्ने जस्ता विभिन्न तरिकाले आफुहरुलाइ अन्याय गरेको बताए !
उक्त कार्यक्रममा बोल्दै पाटी अध्यक्ष प्रभु शाहले नेपालका विभिन्न आन्दोलन देखी देशलाई यहाँसम्म पुगाउन मधेसी जनताको ठुलो त्याग ,तपस्या ,संघर्स र योगदान रहेको बनाए ! र अब मधेसीहरु कसैदेखी नडराउने र जुनसुकै अबस्थामापनि आफ्नो हकहितका लागी लड्ने पाटी अध्यक्ष प्रभुले बताए ! खुल्ला नाका ,चेलीबेटी बेचबिखन ,महिला हिंसा , महिलामाथी हुने घरेलु शोषण र अन्याय ,अत्याचार भएको र एसमा हाम्रो नेपाल सरकारले ध्यान नदिएको सरकार भ्रष्टाचारी भएको शाहले बताएका छन ।

