गजल-
बाआमाको आशिर्वाद शिरमा राखेर।
हिडेको छु मुस्कान तस्बिरमा राखेर।।
आफ्नाको मायामा कसरी शंका गर्नु।
दिएका हुन् बिष पनि खिरमा राखेर।
अप्ठ्यारोमा फलेको फर्सी झैँ जिन्दगी।
हुत्याईदिऊ कि झै लाग्छ भिरमा राखेर।
नपाएको कुरामा सधैं के गुनासो गर्नु ।
ल्याउनै छुटेपछि यो तक्दिरमा राखेर।।
थोरै हिम्मत भए पुग्छ ज्यानै फाल्नलाई।
कसरी फाल्नु बाआमालाई पिरमा राखेर।
रज्जु बिडारी
धार्के,धादिङ ।

