दिपक योगी – काठमाडौं
एमाले पार्टीबाट निष्काशीत गरिएका पार्टीका वरिष्ठ नेता पार्टीका पूर्व उपाध्यक्ष नेपाल सरकार पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री , रक्षामन्त्री भइसक्नुभएका भीम रावलले आज पौस १७ गते काठमाडौंको बबरमहलस्थित कार्की बैंकेटमा पत्रकार सम्मेलन गरे । सम्मेलनमा पार्टी भित्रका थुप्रै कुराहरू खोल्नुभएको छ । रावलले एमालेको १० औं महाधिबेसनमा तत्कालीन पार्टी अध्यक्ष र बर्तमान प्रधानमन्त्री केपी ओली संग पार्टीको अध्यक्ष पदमा उम्मेद्बारी दिएका थिए । जसमा धेरै मतको अन्तरालले अध्यक्ष ओली संग पराजित भएका थिए।
त्यस बेलादेखिनै ओलीले आफुमाथी षड्यन्त्रपूर्बक पार्टी भित्र बस्न नदिन र पार्टीबाट निकाल्न धेरै प्रयास गरेको र अहिले आएर पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशीत गरेको बताउनुभयो । रावल भन्छन, माहाधिबेसनमा आडम्बर र निषेधको नीति लिएको समेत उनको भनाइ छ। ओलीको दम्बले त्यो पाटी अब धेरै चल्दैन उनले भने । मेरो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने पार्टी प्रतिक्रियावादी होइन र ? निरंकुशताको झल्को दिँदैन ? उनले प्रश्न गरे । नेकपामा द्वन्द चर्काउने केपी ओली नै हुन्। ओलीले थुप्रै जवाफ दिनुपर्छ उनले भने । मेरो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने पार्टी प्रतिक्रियाबादी देशद्रोही होइन र? उनले भ्रष्ट, अनैतिक, बिचौलिया र दलालहरूसँग साँठगाँठ गरेर सत्तामा गएका छन् । मेरो ४९ वर्षको पार्टी सदस्यता खोस्ने र ५१ वर्षको राजनीतिक जीवन समाप्त गर्न खोज्ने पार्टी प्रक्रियावादी र देशद्रोही हो। रावलले रास्वपा नेता रबी लामिछानेको कुरा उठाउदै रबिमाथि पनि षड्यन्खोत्रपूर्वक फसाउन खोजेको बताए । रावलले आफ्नै पार्टी एमालेका धेरै अरु ठुला नेताहरूको समेत आलोचना गरेका छन । अब नयाँ पार्टी खोले योजनामा समेत बताएका छन। करिब ३५ पाना बराबरको प्रेसनोटमा आफ्नो राजनीतिक जिबन र पार्टी भित्रको संघर्ष आइपुग्दाको सम्पुर्ण कुराहरू खोलाका छन । रावलको पत्रकार सम्मेलनमा उनका समर्थकहरुको र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियोे । अन्तिममा पत्रकार सम्मेलन सकेर रावल बाहिर निस्किदा उनका समर्थले केपी ओली मुर्दाबाद ,ओली चोर देश छोड को नारा समेत लगाएका थिए।
Previous Articleनिजानन्द दर्शन र आध्यात्मिक
Next Article हिडेको छु मुस्कान तस्बिरमा राखेर

