काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललाई वर्ल्ड इकोनोमिक फोरमले सन् २०२५ को ‘यङ ग्लोबल लिडर’ (Young Global Leader) को रूपमा चयन गरेको छ।
वर्ल्ड इकोनोमिक फोरमले डंगोलको सार्वजनिक जीवनमा सानै उमेरदेखि सक्रियता, स्थानीय लिपिहरूको संरक्षणका लागि ‘क्यालिजात्रा’ अभियान, मिस नेवा प्रतियोगिता जित्नु, काठमाडौं महानगरपालिकाको सिटी प्लानिङ आयोगमा कान्छी सदस्यको रूपमा नियुक्ति, र २९ वर्षको उमेरमा उपप्रमुख पदमा निर्वाचित हुनुजस्ता उपलब्धिहरूलाई उल्लेखनीय मानेको छ।
सुनिता डंगोल २०२५ को यङ ग्लोबल लिडर्सको सूचीमा समावेश भएकी छन्, जसमा विश्वभरका ११६ जना युवा नेताहरू छन्।

