सप्तरी । डाँकाको समूहले सप्तरी जिल्लाको सुरूङा नगरपालिका(८ का स्थानीय कन्तलाल चौधरीको हत्या गरेका छन् ।
५६ बर्षका चौधरीको घरेलु हतियारसहित गोली समेत प्रहार गरी हत्या गरेको वडा अध्यक्ष श्यामदेव साहले बताए । राति ५र६ जनाको संख्यामा आएका डाँकाहरूले चौधरीको घरमा प्रवेश गरेर आक्रमण गरेका हुन् ।
वडाध्यक्ष साहका अनुसार डाँका समूहको आक्रमणबाट एक जना घाइते भएका छन् । घट्नाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

