काठमाण्डौं। नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ । हिजो बिहीबारको तुलनामा आज चाँदी तोलामा ७५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल एक लाख ९३ हजार ७०० कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य दुई हजार १५० निर्धारण भएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३८९ डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।

