दैलेख। सिकार खेल्न गएका एक युवकको बन्दुकको छर्रा लागेर मृत्यु भएको छ । महावु गाउँपालिका –४ काप्रीखोलाका ३५ वर्षीय पूर्णबहादुर सलामी मगरको छर्रा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले सिकार खेल्न गएका सूर्यबहादुर थापा बलामी लडेको बेला भरुवा बन्दुक पड्कीदा पूर्णबहादुर सलामी मगरको छातीमा छर्रा लागेर घटनास्थलमै मुत्यु भएको बताए ।
प्रहरी निरिक्षक सुनारले भरुवा बन्दुकसहित सूर्यबहादुर थापा बलामी र ओमबहादुर थापा बलामीलाई नियन्त्रण लिई अनुसन्धान गरिरहेको बताए।
मृतकको शव जिल्ला अस्पताल दैलेखमा पठाइएको र पोष्टमार्टमका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने प्रहरी निरीक्षक सुनारले जानकारी दिए ।

