काठमाण्डौ— नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रप्रति आमनागरिकको धारणा परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्। उनले जनताको सोचाइ सकारात्मक नभएसम्म रोजगारी सिर्जना र आर्थिक विकास असम्भव रहेको बताएका छन्।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भने, “जबसम्म आममानिसमा निजी क्षेत्रको योगदान सकारात्मक छ भन्ने सन्देश पुग्दैन, तबसम्म रोजगारी सिर्जना गर्ने, राजस्व बढाउने र पूर्वाधार विकास गर्ने कुरा असम्भव छ।”
उनका अनुसार सरकारका लागि रोजगारी सिर्जना गर्नु कठिन काम हो, तर निजी क्षेत्रले एउटा मात्र उद्योग स्थापना गर्दा पनि धेरैलाई रोजगारी दिन सक्छ। त्यसैले उनले निजी क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए।
यद्यपि, पछिल्लो समय सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको र केही कानूनहरू पनि निजी क्षेत्रमैत्री बनाइएको ढकालले बताए।
Previous Articleसङ्घीय संसद्का चार समितिको बैठक आज, के बिषयमा हुँदैछ छलफल ?
Next Article गाजामा इजरायली हमला: अल जजिराका पाँच पत्रकारको निधन

