काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नयाँ दल दर्ताका लागि निर्वाचन आयोगले दिएको समय आज सकिँदैछ। आयोगले आज साँझसम्म नयाँ राजनीतिक दल दर्ता गर्नुपर्ने समय सीमा तोकेको हो।
आयोगमा पहिले नै दर्ता भएका दलहरूले भने निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ताको प्रक्रिया पूरा गर्नुपर्नेछ। यसअन्तर्गत आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन र माघ ११ गते हुने दल दर्ता गर्न आह्वान गरिसकेको छ।
आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभा निर्वाचनका लागि मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।
दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी आवश्यक विवरण, दलको नाम आयोगमा दर्ता भएको मिति तथा अन्य आवश्यक कागजातहरू स्पष्ट रुपमा पेस गर्न आयोगले निर्देशन दिएको छ। आयोगले दर्ता प्रक्रिया सुसूचित, पारदर्शी र समयमा सम्पन्न गर्न दलहरूलाई आग्रह समेत गरेको छ।

