काठमाडौं । मोरङ क्षेत्र नम्बर–६ मा प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुबिना आचार्य विजयी भएकी छन्।
अन्तिम मतपरिणामअनुसार आचार्यले ५५ हजार ५१३ मत प्राप्त गर्दै विजय हासिल गरेकी हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन्।
यसैगरी नेकपा एमालेका बिनोद ढकालले ८ हजार ३१७ मत पाएका छन् भने श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले ३ हजार ४ सय मत प्राप्त गरेका छन्।
मोरङ–६ मा रास्वपाले उल्लेखनीय मतान्तरसहित जित निकाल्दै चुनावी परिणामलाई चासोको केन्द्र बनाएको छ।

