राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको RBB Mobile Banking को प्रवद्र्धनको लागि २०७७ चैत ५ गतेदेखि २०७८ बैशाख ५ गते सम्म(एक महिना) एफवान सफ्टको सहकार्यमा संचालन भईरहेकोे RBB Mobile Banking महामेलामा करिब ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौट भएका नौ जना विजयीहरुको नाम बुधबार एक समारोहका बिच घोषणा गरिएको छ ।
सो समारोहमा नयाँ मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्येबाट स्वर्णिम पौडेलले थाइलैण्ड भ्रमणको कपल टुर/-4N 5 D_ मेगा पुरस्कार प्याकेज पाउनु भएको छ । यसैगरी तुलाराज बोहोरा, प्रविन वली, बालकृष्ण देवकोटा, सिद्धिलाल साह तेली, सृजना नेपाली, सक्षम अधिकारी, प्रेमबहादुर भण्डारी र नुरुलहोडा अन्सारीले सामसुङ्ग ग्यालेक्सीM01 Core ब्राण्डको एक एक थान मोवाइल फोन सेट पुरस्कार प्राप्त गर्नु हुने भएको छ ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नको लागि गत वर्षदेखि एफवान सफ्टको सहकार्यमा RBB Mobile Banking महामेला कार्यक्रम संचालन गरिरहेको छ । यसको लागि बैंकको मोवाइल बैंकिङ्गबाट ग्राहकहरुले कारोबार गर्नुपर्ने हुन्छ ।

