काठमाडाैं : हवाई मार्गबाट नेपाल प्रवेश गरेकाले १० दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने सरकारले निर्णय गरेको छ । आज मन्त्रिपरिषद् निर्णय सरकारका प्रवक्ता पार्वत गुरुङले सो कुरा बताए ।
कुनै पनि जिल्लामा कोभिड संक्रमण फैलिए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा गर्न सक्ने अधिकार पनि सरकारले दिएको छ। १० दिन क्वारेन्टाइन बसेको होटलको प्रमाण ल्याए सीमाबाट भित्रिन दिने पनि सरकरले निर्णय गरेको छ।
कोरोना संक्रमित बिरामीका लागि अभाव नहोस् भनी सरकारले अक्सिजन सिलिण्डरलगायत मालबस्तुमा कर छुट दिने निर्णय गरेको छ। सञ्चालनमा नरहेका सिलिण्डर उद्योगलाई पनि चलाउने सरकारले निर्णय गरेको छ। साथै मर्मत सम्भार पनि सरकारले बढाउने बताएको छ।
देशभरका विद्यालयमा भाैतिक उपस्थितिबिना भर्चुअल माध्यमबाट पठनपाठन गर्न पनि सरकरले भनेको छ। अत्यावश्यकबाहेक अन्य सरकारी कार्यालयले आलोपालोमा काम गर्नु पनि सरकारले भनेको छ।

