काठमाडौं: सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा मिति २०७८ पौष ३० गते शुक्रबार सम्पन्नभएको छ ।
उक्तसभा बैंकका अध्यक्षश्री राजेश कुमार श्रेष्ठज्यूको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा भौतिक उपस्थिति एवं अनलाइन(जुम)मार्फत समेत एकैसाथ संचालन भएको हो ।

साधारण सभाले बैंकको चुक्तापूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव परित गरेको छ । २०७८ आषाढ मसान्तमा कायम चुक्ता पुँजीमा रु. ९,०३,४४,२९,५०२.५०/- (अक्षरेपी नौ अर्व तीन करोड चौवालिस लाखउनान्तिस हजार पाँच सय दुई रुपैयाँपचास पैसा मात्र) मा ५.७५ प्रतिशतले हुन आउने रकम रु. ५१,९४,७९,६९६.३९ (अक्षरेपी रु. एकाउन्न करोड चौरानब्बे लाखउनासी हजार छ सय छयानब्बे रुपैयाँ उनान्चालिस पैसा) बराबरको बोनश शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने रकम रु. २,७३,४१,०३६.६५ (अक्षरेपीदुई करोड त्रियहत्तर लाख एकचालिस हजार छत्तिस रुपैयाँ पैसठ्ठी पैसा) बराबरको नगद लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७-७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाड लगायतका प्रतिवेदन पारित गरेको छ । साथै साधारण सभाबाट बैंकको संस्थापक समूहमा हाल रहेको ५३.४१५ शेयर संरचनालाई ५१५ हुने गरी शेयरधनीहको शेयर संरचना परिवर्तन गर्ने संचालक समितिको निर्णय अनुमोदन गरेको छ ।
आधुनिकप्रविधिको माध्यमबाट देशकादुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदानगर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले पूर्व मेचीदेखि पश्चिममहाकालीसम्मआफ्ना १२६ शाखा १० एक्सटेन्सन काउन्टर, २५ शाखा रहित बैंकिङ्ग र १०८ एटिएम मार्फत वित्तीय सेवा प्रदानगर्दै आइरहेको छ ।

