भक्तपुर: मध्यपुर थिमि गठ्ठाघर स्थित नव अंकुर बचत तथा ऋण सहकारी संस्था लि. ले एघारौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
साधारण सभामा संस्थाका अध्यक्ष श्री चोपलाल पाण्डेले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभयो ।
कोषाध्यक्ष केशब लाल श्रेष्ठले वार्षिक प्रतिबेदन र अगामी आ. व.२०७८/०७९को अनुमानित आय ब्यय र लेखा परिक्षण प्रतिबेदन सहितको बित्तीय बिबरण प्रस्तुत गर्नु भएको थियो ।
कोषाध्यक्ष श्रेष्ठका अनुसार आगामी वर्षमा शेयर पूँजी तर्फ करिब ८० लाख, निक्षेप तथा बचत संकलन तर्फ २ करोड २० लाख, जगेडा कोष १५ लाख, जोखिम कर्जा ब्यबस्था १५ लाख दायित्व २० हजार साथसाथै ऋण लगानी तर्फ ३ करोड पुर्याउने लक्ष्य संस्थाले राखेको छ ।
यो साधारणसभाले नयाँ कार्य समिति चयन गरेको छ ।
नयाँ कार्य समिति
१) अध्यक्ष – केशव लाल श्रेष्ठ
२) उपाध्यक्ष – शकुन्तला श्रेष्ठ खत्री
३) सचिव – सूर्य व. क्षेत्री
४) कोषाध्यक्ष – रोमनाथ ज्ञवाली
५) सदस्य – कपिल रानाभाट
६) सदस्य – खेसराज ढुङ्गाना
७) सदस्य – बसन्ती श्रेष्ठ
८) लेखा समिति संयोजक – देवराज पौडल
९) लेखा समिति सदस्य – भीम प्र. ढुङ्गाना
१०)लेखा समिति सदस्य – बिनोद कु उपाध्यय

