-विश्वराज अर्याल
नोभेम्वर १९ ,२०२४ मंगलवार , वेल्जियम,बेल्जियमस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले नेपालका राजदूत गेहेन्द्र राजभण्डारीको बिदाई कार्यक्रम आयोजना गरेको छ। चार वर्षदेखि बेल्जियम र बेनेलक्स राष्ट्रहरूका लागि नेपालका राजदूतका रूपमा योगदान दिँदै आउनुभएका भण्डारीको कार्यकाल पूरा भएको अवसरमा यो विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा बेल्जियमस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले राजदूत भण्डारीको कामको उच्च प्रशंसा गर्दै नेपाल-बेल्जियम सम्बन्धलाई सुदृढ बनाउनेतर्फ उहाँले पुर्याउनु भएको
योगदानको चर्चा गरे। उहाँले प्रवासी नेपालीहरूको हकहित संरक्षण, पर्यटन प्रवर्द्धन, र सांस्कृतिक आदानप्रदानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्दै सबैले आगामी भविष्यका लागि सफलताको शुभकामना व्यक्त गरे।
राजदूत भण्डारीले आफ्नो अनुभव साझा गर्दै नेपाली समुदायको सक्रियता, एकता, र सहकार्यप्रति आभार प्रकट गर्नुभयो। उहाँले बेल्जियममा रहेका नेपालीहरूको योगदान र साथको प्रशंसा गर्दै नेपाल-बेल्जियम सम्बन्धलाई अझ सुदृढ बनाउनका लागि निरन्तर काम गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका दौरान, विभिन्न संघसंस्थाका दर्जनौं प्रतिनिधिहरूले नेपालका राजदूत भण्डारीको कार्यक्षमताको उच्च प्रशंसा गरेका छन्। कार्यक्रममा सहभागी प्रतिनिधिहरूले राजदूत भण्डारीको नेतृत्वमा भएको उल्लेखनीय उपलब्धिहरूको चर्चा गर्दै, नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ गर्न उनको योगदानको प्रशंसा गरे। उनीहरूले भण्डारीले देखाएको कुशल कूटनीति, समर्पण र प्रभावकारी नेतृत्वका लागि धन्यवाद ज्ञापन गरे।
कार्यक्रमका क्रममा धेरै सहभागीहरूले आगामी कार्यकालका लागि शुभकामना व्यक्त गर्दै, भण्डारीको नेतृत्वमा थप उपलब्धिहरूको आशा व्यक्त गरे।
राजदूत भण्डारीले सबै सहभागीहरूलाई धन्यवाद दिदैँ आफूले प्राप्त गरेको समर्थनलाई भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो, जसले नेपालको अन्तर्राष्ट्रिय छविलाई सुदृढ गर्न एकताबद्ध प्रयासको महत्त्वलाई जोड दिए।
भण्डारीको बिदाई कार्यक्रमको अवसरमा हालै सम्पन्न स्थानीय निर्वाचनमा लुभेन नगर परिषद सदस्य श्री सूर्य ढकाल र ब्रुज नगर परिषद सदस्य सुश्री प्रज्ञा तिमिल्सेनालाई समेत सम्मानित गरिएको थियो ।
सो नेपाली समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाली समुदायका सदस्यहरू यस सम्मान कार्यक्रममा उपस्थित भएकाहरु खुशी र उत्साहित देखिन्थे ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले आयोजना गरेको कार्यक्रममा संघकी अध्यक्ष सीता सापकोटाले अध्यक्षता गरेकी थिइन । भने कार्यक्रम सञ्चालन संघका उप महासचिव राजेन्द्र कार्कीद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको थियो ।

