प्रा.शत्रुघन श्रेष्ठ
आपूर्ति व्यवस्थापनमा अब्बल साल्ट टे्रडिङ्ग तत्कालिन राजमा महेन्द्रको पूर्वाञ्चलन भ्रमणका क्रममा त्यहाँका स्थानीयसँग प्रत्यक्ष संवाद गर्दा नुन खान नपाएको गुनासो पछि राजा महेन्द्रले काठमाडौं फर्केर नुनको कम्पनी खडा गर्ने क्रममा साल्ट टे्रडिङ्ग जन्मिएको थियो । तत्कालिन वाणिज्य विभागका निर्देशक गेहेन्द्र देव पाठकको अध्यक्षतामा नुनको कारोबार गर्ने ठूला ठूला नौ (९) व्यापारिलाई समेटेर एउटा समिति बनाई कम्पनी खोलिएको थियो । जसमा नुनको व्यापारमा संलग्न मुस्ताङदेखि कृष्णनगर, नेपालगञ्जका व्यापारी थिए । उनीहरुले नै नुनको आयतदेखि भण्डारण गर्ने काम गर्थे । तिनीहरु सबैलाई अनिवार्य सेयर होल्डर बनाएर कं. खडा गरियो । साल्ट टे्रडिङ्ग कर्पोरेशनको स्थापना वि.सं. २०२० भदौ २७ गते भएको हो ।
देशमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु नुन, चिनी तथा अन्य खाद्य सामग्री आपूर्ति गर्दै आएको साल्ट टे्रडिङ्ग कर्पोरेशन लिमिटेडले भदौ २७ गते आफ्नो ६२ औं वार्षिकोत्सव मनाउँदै छ । आयोडिनयुक्त नुन देशभर सहज बनाउन र हरेक वर्ष हुने नुन लगायत विभिन्न खाद्यवस्तुको अभाव एवम् कालो बजारी रोक्न पब्लिक/प्राइभेट पार्टनरसिप (एएए) मोडलमा रुपान्तरण सँगै साल्ट टे्रडिङ्ग स्थापना अघि सरकारले विभिन्न क्षेत्र र आयातको अनुमति दिंदै आएको थियो ।
नेपालमा सहज र सुपथ मूल्यमा खाद्य तथा दैनिक उपभोग्य वस्तु बिक्रि गरेर मुलुकको आपूर्ति प्रणालीमा उल्लेखनीय भूमिका खेल्दै आएको आपूर्ति सृंखला प्रभावित हुन दिएन । निजी क्षेत्रको कतिपय व्यापारीले संकटमा ग्याँस खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुमा कालाबजारी, सिण्डीकेट र कार्टेलिङ गरे तर त्यस्तो अवस्थामा पनि सहज रुपमा ग्याँस लगायतका खाद्यवस्तु उपलब्ध गराउँदै साल्ट टे्रडिङ्ग कालोबजारी र सिण्डिकेट विरुद्ध झनै सशक्त रुपमा प्रस्तुत भयो । बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा पनि कं. ले काठमाडौं उपत्यकामा बिक्री कक्ष र मोबाइल भ्यान मार्फत खाद्य तथा उपभोग्य वस्तुको बिक्री गरेको थियो भने उपत्यका बाहिरका शहरमा पनि कम्पनीले सहज रुपमा आवश्यक सेवा प्रदान गर्दै आइरहेको थियो । पछिल्लो वर्ष नेपालले सामना गरेको विषम परिस्थितिमा समेत कं. ले आपूर्ति व्यवस्था चुस्त राख्दै सहज रुपमा दैनिक आवश्यक रुपमा सामग्री उपलब्ध गराएको थियो । साल्ट टें्रडिङ्गले हाल नुन, चिनी, मैदा, आँटा, गहुँको बीउ लगायतका पनि बिक्री वितरण गर्दै आएको छ भने औद्योगिकीकरण, बित्तीय क्षेत्रमा लगानी विस्तार गरेको छ । विगत वर्षहरुमा रासायनिक मलको चरम अभाव हुने गरेको समयमा पनि मल आपूर्तिमा सहुलियत दिएर किसानलाई उपलब्ध गराएको थियो ।
साल्ट टें्रडिङ्गको अयात र आपूर्तिमा कुशल व्यवस्थापनका कारण यस वर्ष मल आपूर्ति सहज भएको थियो । गहुँको सिजनमा पनि गहुँको बीउ उपलब्ध गराएर किसानलाई राहत प्रदान गर्न सफल भएको थियो ।
सामाजिक कार्यमा अग्रसरता ः-
साल्ट टें्रडिङ्ग सामाजिक उत्तरदायित्व (ऋऋच्) अन्तर्गत कं. ले २०४५ साल रजत जयन्तीका अवसरमा हितकारी गुठी अन्तर्गत बाल हितकारी पुरस्कार स्थापना गरेको छ । नेपाली बाल बालिकाको शैक्षिक मनोविज्ञान बौद्धिक, शारिरीक र भौतिक अभिवृद्धि एवं नैतिक तथा चरित्रीक विकासमा उत्कृष्ट योगदान दिने व्यक्ति वा संस्थालाई हरेक वर्ष कर्पोरेशनको वार्षिकोत्सवमा पुरस्कार प्रदान गर्दै आएको छ । कं. ले हालसम्म दुई (२) दर्जन भन्दा बढी व्यक्तिहरुलाई पुरस्कृत गरिसकेको छ ।
सवल आर्थिक अवस्था ः
गुणस्तरीय र भरपर्दो सेवा र व्यवसाय विविधीकरणका कारण साल्ट टें्रडिङ्ग आर्थिक रुपमा सवल बनेको छ । त्यतिमात्र नभै हरेक वर्ष सरकारलाई आफूले गरेको खुद नाफाबाट राजस्व तिरी शेयरधनीहरुलाई प्रत्येक वर्ष लाभांश प्रदान गर्न सफल हुँदै आइरहेको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै २०७७/७८ मा रु. १० अर्व ३९ करोड ९० लाखको कारोबार गरेको थियो ।
आ.ब. २०७३/०७४ मा ८ अर्ब ५८ करोडको वस्तु बिक्री गरेको थियो । आ.ब. ०७४/०७५ मा ९ अर्ब ६८ करोड आ.ब. ः०७७/०७८ मा १० अर्ब ३९ करोड कारोबार गरेको थियो । आ.ब. ०७८/०७९ मा रु. ८ अर्ब ७७ करोडको मूनाफा गर्न सफल भएको थियो ।
कोरोना महामारीका कारण पछिल्लो २ वर्षमा कै. को मूनाफा कारोबार खस्किएको थियो । तापनि कं. ले ०७७/०७८ मा ५ करोड ३३ लाख र ०७८/०७९ मा ४ करोड ९८ लाख रु खुद सञ्चालन मुनाफा कमाएको थियो ।
त्यस अघि आ.ब. ९७६/०७७ मा रु. ६ करोड ३२ लाख सञ्चालन मूनाफा कमाएको थियो । सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष जनप्रशासन संघ र साल्ट टें्रडिङ्गको अगुवाइमा “सफल प्रशासन हेमबहादुर मल्ल” २ लाख नगद पुरस्कार पनि वितरण गर्दै आइरहेको छ ।
श्रेष्ठ कर्पाेरेशनका शेयरघनि हुन्।

