दिपक योगी – काठमाडौं
पुर्ब गृहमन्त्री तथा रास्वपा सभापति रबी लामिछानेको राती प्रहरी हिरासतमा सुतिरहेको फोटो सामाजिक संजालमा भाईरल भएको छ ।यो फोटो कस्ले र किन खिचेको भन्ने खुलेको छैन !
लामिछाने भन्छन् आफू अब प्रहरी हिरासतमै पनि सुरक्षित नरहेको बताएका छन ।उक्त फोटो बारे विभिन्न टिकाटिप्पणी भइरहेको छ बुधबार राती CC TV बाट खिचियको फोटो भाईरल भएको छ। जसमा रबी लामिछाने टाउकोमा टोपी र सिरक ओडेर सुतिरहेको देखिन्छ ! बिहिवार रास्वपा कोषाध्यक्ष दिपक बोहरा रबी लाई भेट्न् जिल्ला प्रहरी कार्यलय कास्कीको हिरासतमै पुगेका थिए ! बोहरा संग रबी लामिछानेले म हिरासतमै सुरक्षित छैन ,यिनिहरुले फोटो मात्रै हैन भिडियोनै बनाएर कतै पठाउछन छानबिन हुनुपर्छ भनेका छन ! कोषाध्यक्ष दिपक बोहराले रबी लामिछाने सुतिरहेको फोटो खिचेको आरोप लगाउदै त्यसप्रति प्रकट गरेका छन। उनी सामाजिक संजाल फेस्बुकमा लेख्छन् ! अन्याय गर्नुको पनि हद हुन्छ। रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीकाे यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेकाे हाेला? अनि, के उद्देश्यका लागि सार्वजनिक गरियाे? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने कसैले न कसैले त यसकाे मूल्य चुकाउनु पर्ला। संबंधित निकायलाई ध्यानाकर्षण गराएका छन। लामिछाने बिगत २ महिना देखी सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरी हिरासतमा छन।
Previous Articleप्रशासनिक संघीयता व्यवस्थापनका अवरोधहरु ः गती र आगामी कार्यदिशा
Next Article नेपाल र कोरियाबीच टिआइपीएफ सम्झौता

