दिपक योगी – काठमाडौं
पूर्ब गृहमन्त्री तथा रास्वपा सभापति रबी लामिछानेको राती प्रहरी हिरासतमा सुतिरहेको फोटो खिचेर सामाजिक संजालमा भाईरल गर्ने ब्यक्ती पक्राउ परेका छन ! उक्त फाेटाे खिच्ने व्यक्ति डाक्टर निकोलस भुसाल रहेका छन जिल्ला प्रहरी कार्यलय कास्किले कारबाही गर्ने भएको छ। बिहिवार प्रेस बिज्ञप्ति जारी गर्दै कास्की जिल्ला प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ । प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेको जो कोहि ब्यक्तिलाई पनि कानुनी दायरामा ल्याई अनुसन्धान तथा कारबाही गरिने र नेपालको संविधान एबम प्रचलित ऐन कानुन बमोजिम फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुशरण तथ्य एबम प्रमाण मुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यलय कास्की सदैव तयार रहेको बिज्ञप्तीमा जनाएको छ ! अमर्यादित र कानुनको हित बिपरित कार्य गर्ने नियम कानुनको उल्लंघन गर्ने जो कोहिलाई कारबाही गरिने कास्की प्रहरीका प्रबक्ता डिएसपी बसन्त कुमार शर्माले जनाएका छन ! उक्त फोटो खिच्ने ब्याक्तिले आफ्नै फेस्बुक वालबाट फोटो सार्बजनिक गरेको पनि पत्ता लागेको छ ! उक्त फोटो खिच्ने ब्यक्तिले माफी समेत मागेका छन ! रबी लामिछानेको उक्त फोटो सार्बजनिक भएपछी रास्वपाका नेताकार्यकर्ताले यसप्रति आपत्ति जनाएका थिए र साथै गृहमन्त्री रमेश लेखकले समेत उक्त फोटो अनुसन्धान गर्न प्रहरी लाई जानकारी गराएका छन।
Previous Articleकहिले बन्ला त नेपाल पत्रकार महासंघ साँच्चैकाे महासंघ ?
Next Article धापासीस्थित तीन तले घरमा भीषण आगलागी

