अखिल नेपाल कम्युनिस्ट पार्टीको पोलिटब्युरो समितिको बैठक मिति २०८१ फागुन २७ गते भर्चुअल माध्यमबाट पार्टी अध्यक्ष कामरेड नारायण शर्माको अध्यक्षतामा बसी गरेका महत्त्वपूर्ण निर्णयहरु पार्टीका महासचिव कमरेड लक्ष्मण उप्रेतीले प्रेस वक्तव्य मार्फत सार्वजानिक गर्नु भएको छ।वक्तव्यमा बैठकले पार्टीको साङ्गठानिक अवस्था सुदृढ र बिस्तार तथा देशको गम्भीर र संबेदनशील राजनैतिक अवस्थाको वारेमा छलफल गरि महत्त्वपूर्ण निर्णयहरु लिइएको वताइएको छ।वक्तव्यमा ” देशको आजको गम्भीर संगीन मोडमा सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरुलाइ एकीकृत र ध्रुवीकृत हुन अनि गणतान्त्रिक शक्ति र ब्यक्तिहरुलाइ संयुक्त र सशक्त जनाआन्दोलन गर्न ” आह्वान समेत गरेको छ।न्याय,समानता,स्वतन्त्रता ,मुक्तिको लागि नेपाल र बिश्वभरीकै सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरुको सपना साकार पार्न प्रतिवद्वता र कटिबद्धताका साथ अधि बढ्ने प्रण-प्रतिज्ञा गर्दै सम्पूर्ण सहिद तथा बेपत्ता योद्धाहरु प्रती हार्दिक भावपूर्ण श्रद्धाञ्जली र घाइते-अपांग योद्धाहरुप्रति उच्च सम्मान ब्यक्त गर्दै बैठक शुरु गरिएको बक्तब्यमा उल्लेख गरिएको छ।
पार्टीको नीति र गतिविधिलाई स्थापित गर्नका लागि पार्टी प्रवक्ताको आवश्यकता महसुस गरि यसका लागि वरिष्ठ पिबिएम कामरेड मुकुन्द आचार्यलाइ कार्यालयको वैकल्पिक सद्स्यमा पदोन्नति गर्दै उहाँलाई नै पार्टी प्रवक्ताको जिम्मेवारी दिएको वक्तव्यमा जनाइएको छ।पार्टीको केन्द्रिय र स्थानीय कमिटीका सद्स्यहरुको पार्टी सद्स्यता अध्यावधिक गर्ने यही चैत्र महिनाको १५ गते भित्र प्रदेश ब्युरो समिती र जिल्ला समितिहरुको बैठक सम्पन्न गरिसक्नु पर्ने र वर्तमान देशको गम्भीर र संबेदनशील परिस्थितिमा देशका सम्पूर्ण सच्चा देशभक्त ,पूर्ण लोकतन्त्रवादी,प्रगतिशील वामपन्थी र क्रान्तिकारी कम्युनिस्टहरुले तत्कालै एउटा सही र क्रान्तिकारी साझा वैकल्पिक कार्यनीति र कार्यक्रम तय गर्नु आवश्यक रहेको बक्तब्यमा बताएको छ।
वक्तव्यको पूर्णपाठ यसप्रकार छ।



