काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ। निगमले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि गरेको जनाएको हो ।
निगमका अनुसार पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको छ भने डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्यवृद्धि भएको छ।
वृद्धि भएको मूल्य आइतबार राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।

