काठमाडौं: बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन् ।
मुख्यमन्त्री पौडेलले बुधबार दिउँसो राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री पौडेलले राजीनामा दिएसँगै हेटौँडामा बसेको संसदीय दलको बैठकले नेतृ अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेतामा चयन गरेको छ ।
एमाले विभाजनको विपक्षमा उभिएकी शाक्यलाई मुख्यमन्त्री बनाउने पनि बैठकले निर्णय गरेको समाचार प्राप्त भएको छ ।।

