काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते घटेका घटनाबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ।
आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग बनाएको हो। आयोगमा नेपाल प्रहरीका पूर्वएआइजी विज्ञानराज शर्मा र कानूनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन्।
गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार आयोगलाई तीनको समय दिईएको छ । समयसीमाभित्र आन्दोलनको दौरान भएका घटनाको प्रतिवेदन पेस गर्ने जिम्मेवारी आयोगलाई दिइएको छ।
जेनजी आन्दोलनका क्रममा सुरक्षापक्षले अत्यधिक बल प्रयोग गर्दा दर्जनौं मानिसको मृत्यु भएको थियो। त्यसपछि देशभर तोडफोड र आगजनी भएको थियो।