भरतपुर ९ शरदपुर,
विश्वराज अर्याल,
कार्तिक २९ गते शनिबार,
भरतपुर महानगरपालिका वडा नम्बर ९ मा अवस्थित स्टेप वाई स्टेप स्कुलले आफ्नो पच्चीसौं रजत जयन्ती कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरी कार्यक्रम सम्पन्न गरेको छ। जयन्ती समारोह अन्तर्गत जिल्ला स्तरीय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता पनि एक कार्यक्रम रहेको थियो। सो कार्यक्रममा जिल्लाभरिका २४ विद्यालयको सहभागिता थियो। सो कार्यक्रमको औपचारिक कार्यक्रममा विद्यालयका प्राचार्य कृष्णप्रसाद भट्ट को अध्यक्षता रहेको थियो, भने प्रमुख अतिथि शिक्षा तथा समन्वय इकाइ का प्रमुख लक्ष्मण देवकोटा। रहनुभएको थियो |सहभागी विद्यालयहरूको तर्फबाट श्री जनप्रिय पब्लिक स्कुल भरतपुर १९ का विद्यालय प्रशासक विश्वराज अर्यालले शिक्षण सिकाइमा अतिरिक्त क्रियाकलाप तथा विकासको लागि यस्ता रचनात्मक कार्यक्रम आयोजना गरिएकोमा आयोजकलाई हार्दिक धन्यवाद तथा सम्पूर्ण सहभागी विद्यार्थीहरूप्रति आभार व्यक्त गर्नुभएको थियो | प्रमुख अतिथिको मन्तव्यको क्रममा चितवन शिक्षा तथा समन्वय एकाईका प्रमुख लक्ष्मण देवकोटाले कार्यक्रमको सफलताको कामना गर्दै शिक्षण सिकाइमा अतिरिक्त क्रियाकलापको पनि प्रमुख भूमिका रहेको हुन्छ भन्ने गहन अभिव्यक्ति राख्नुभएको थियो |
हाजिरी जवाफ प्रतियोगितामा सहभागी २४ विद्यालय मध्य आठवटा विद्यालय छनोट भए पहिलो चरणमा त्यसपछि आठवटा विद्यालयका बीचमा प्रतिस्पर्धा गरिएको थियो | जसमा ओम शान्ति एकेडेमी प्रथम, श्री जनप्रिय पब्लिक स्कुल द्वितीय, प्रेरणा मावि तृतीय, स्कार राइडर मावि सान्त्वना स्थानबाट ससम्मानित भएका थिए। सो कार्यक्रमको सहजीकरण सोही विद्यालयका शिक्षक कृष्णप्रसाद पोख्रेल र युवराज पौडेलले गर्नुभएको थियो।

