काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेपछि निजी विद्यालयहरूको छाता संस्था प्याब्सनले समेत कक्षा १० को प्रि–बोर्ड परीक्षा सार्ने निर्णय गरेको छ।
यसअघि माघ १४ गतेदेखि प्रि–बोर्ड परीक्षा सञ्चालन गर्ने सूचना जारी गरिएको भए पनि एसइईको कार्यतालिका परिवर्तनसँगै प्याब्सनले नयाँ मिति तय गरेको छ। अब निजी विद्यालयहरूमा एसइई प्रि–बोर्ड परीक्षा माघ २२ गतेदेखि हुने तय भएको हो ।

