नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा गिरावट । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ४०० रूपैयाँ र चाँदी पाँच रूपैयाँ घटेको छ।
महासंघले सार्वजनिक गरेको बुधबार छापावाल सुनको मूल्य ९१ हजार ५०० रूपैयाँ छ। अघिल्लो दिन प्रतितोला ९१ हजार ९०० रूपैयाँमा कारोबार भएको थियो। यस्तै‚ तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रूपैयाँ तोकिएको छ। मंगलबार प्रतितोला ९१ हजार ४०० रूपैयाँमा कारोबार भएको थियो।

