काठमाडौं, मङ्सिर १५ गते । सर्वोच्च अदालतमा आज गोला प्रथाबाट पेशी तोकिएको छ । बुधबार सर्वोच्चमा गोला प्रथाबाट दुई एकलसहित ११ इजलासमा २१७ मुद्दामा पेशी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।
गोला प्रथाबाट तोकिएको इजलासमा न्यायाधीशद्वय दीपककुमार कार्की र टंकबहादुर मोक्तानको संयुक्त इजलास परेको छ । यसैगरी न्यायाधीशद्वय हरिकृष्ण कार्की र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र वमकुमार श्रेष्ठ, विश्वम्भरप्रसाद श्रेष्ठ र वमकुमार श्रेष्ठ, आनन्दमोहन भट्टराई र डा. मनोजकुमार शर्मा, अनिल कुमार सिन्हा र कुमार रेग्मी, प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाल,सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगना तथा तेजबहादुर केसी र नहकुल सुवेदीका लागि संयुक्त इजलास गठन भएको सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । साथै न्यायाधीशद्वय मीरा खड्का र डा. कुमार चुडालको लागि एकल इजलास गठन भएको छ ।
उनका अनुसार बुधबारका लागि १८ न्यायाधीश सर्वोच्चमा उपस्थित भएका छन् । साथै उनीहरुले सुनुवाइ शुरु गरिसकेको ढकालले बताए ।
Previous Articleबारले सर्वोच्चको गेटमा गरिरहेको धर्नालाई परिसरमा सीमित
Next Article सुनचाँदीको मूल्यमा गिरावट
