सिराहाको लहान नगपालिका -७ स्थित बजार क्षेत्रबाट प्रहरीले अवैध सुन र नगदसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मंगलबार अपरान्ह तीन लाख ९१ हजार आठ सय तीन रुपैयाँ बराबरको ५० ग्राम सुन र ५४ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा सप्तरीको खडक नगरपालिका-११ बनौलीका करिब २५ वर्षीय तौहिद आलम र बोदेवर्साईन नगरपालिका-६ फुलकाही बस्ने करिब २५ वर्षीय मो. समिम अख्तर रहेको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवाष बढाथोकीले बताए ।
पक्राउ गएिका दुवैलाई लहानस्थित इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
