काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शर्माँ ओलीले दिउँसो १ बजे सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्ने भएका हुन् ।
त्यसअघि उनी सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी र्भई सम्वोधन गर्ने कार्यक्रम रहेको छ। सुदूरपश्चिम विश्वविद्यालयबाट दीक्षित १ हजार ३ सय ७७ विद्यार्थीलाई पदक एवम् प्रमाणपत्र« प्रदान गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश सिलवालका अनुसार दीक्षान्त समारोहमा सहभागी भइसकेपछि ओलीले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा निर्माण सम्पन्न भएको सिटी हलको उद्घाटन गर्ने समेत कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओली दिउँसो काठमाडौँबाट हेलिकप्टरमार्फत कञ्चनपुरको महेन्द्रनगर पुग्ने छन्।

