काठमाडौँ । नेकपा एमाले रसुवा जिल्ला समितिका अध्यक्ष जनार्दन ढकालले अध्यक्षसहित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् । हिमालय टेलिभिजनलाई अन्तरवार्ता दिँदै शनिबार ढकालले आफूमाथि चौतर्फी घेराबन्दी भएकाले पार्टी परित्याग गरेको बताएका छन् ।
समस्याबारे पटकपटक पार्टी महासचिव शंकर पोखरेल, प्रदेश इन्चार्ज राजन भट्टराईलगायतलाई जानकारी गराउँदा पनि समस्या सम्बोधनमा नेतृत्वले नै चासो नदेखाएपछि पार्टीबाट अलग हुनुपरेको प्रस्टीकरण ढकालले दिएका छन् ।
आपूmलाई पार्टी सचिव लगायतले चार पटकसम्म सांघातिक आक्रमणको गरेको समेत खुलासा नेता ढकालले गरेका छन् । जिल्ला ‘पार्टी अध्यक्षलाई नै घेराबन्दी गर्ने, काम गर्न नदिने र गरेका कामहरूलाई जस नदिने प्रवृत्ति जन्मियो, यसबारे केन्द्रका महासचिव र प्रदेश इन्चार्जलाई पनि भनियो, तर समस्या समाधानमा चासो भएन’, ढकालले भने, ‘रसुवामा जराकेन्द्रित अभियान रोकिएको छ । किन रोकियो भनेर पनि मैले भनेको छु ।’

