काठमाडौ: नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत ५६ जिल्लामध्ये ४० बढी जिल्लामा वडा अधिवेशन सकिएको छ ।
मुलुक संघीयता प्रवेश गरेपश्चात् प्रादेशिक संरचनाको अभ्यास गर्दै नेपाली कांग्रेसले १४औं महाधिवेशन अन्तर्गत क्रियाशिल सदस्यताको विवाद नभएका ४० जिल्लाका वडामा वडा अधिवेशन गरेको हो ।
क्रियाशील सदस्यता सूची प्राप्त भएका र आवश्यक तयारी पूरा गरिसकेका ५६ जिल्ला मध्ये करीब ४० जिल्लाका वडामा अधिवेशन सम्पन्न भएको र केही वडामा भने एकदुई दिन भित्र अधिवेशन हुने निर्वाचन कमिटीले जानकारी दिएको छ ।
वडा अधिवेशन नेपाली कांग्रेसको सबै भन्दा तल्लो तहको अधिवेशन हो ।
यस अधिवेशनबाट देशभरीका वडाबाट करीव ४ लाख वडा प्रतिनिधि चयन हुने छन् ।
वडाबाट अधिवेशनबाट चुनिएर आएका प्रतिनिधिले आफ्नो जिल्लामा केन्द्रका लागि महाअधिवेशन प्रतिनिधि र प्रदेशका लागि प्रदेश महाअधिवेशन प्रतिनिधि चयन गर्दछन् ।

