काठमाडौं: दशैं नजिकिएसँगै काठमाडौं उपत्यका छोड्ने क्रम सुरु भएको छ। मुख्यतः विद्यार्थी, मजदूर, व्यापार व्यवसाय गर्दै आएका व्यक्तिहरु राजधानी छोडेर गाउँ फर्किन थालेका हुन्।
मध्यदशैंमा जाँदा भीडभाड हुने र कोरोना संक्रमणको डरका कारण पनि अहिलेदेखि नै शहरबाट गाउँ फर्कन थालेका हुन्।
यातायात व्यवस्था विभागले सोमबारदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरिसकेको छ।
योसंगै यात्रुहरुले लामो दूरी चल्ने सवारीसाधनका लागि सोमबारदेखि अग्रीम टिकट काट्न पाउनेछन्।
सार्वजनिक यातायातले पूर्ण क्षमतामै यात्रु बोक्न पाउने भएका छन्।
यस्तो छ भाडादर
