निरन्तर ओरालो लागेको शेयर बजार मंगलबार फेरी बढ्न थालेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक ४१ अंकले बढेर २ हजार ६ सय १२ दशमलव ६५ बिन्दुमा पुगेको हो ।
बजारमा आज १८६ वटा कम्पनीको २ अर्ब ९९ करोड बराबरको ५८ लाख कित्ता शेयर कारोबार भएको छ । १८६ वटा कम्पनीको शेयर मुल्य बढ्दा ११ वटा कम्पनीको शेयर मुल्य घटेको छ भने ३ वटा कम्पनीको शेयर मुल्य स्थिर रहेको छ ।
नेप्से परिसुचक सहित सेन्सेटिभ, सेन्सेटिभ फ्लट उपसुचकहरु पनि सकारात्मक रहेका छन् । बैंक, विकास बैंक, हाइड्रोपावर, होटल एण्ड टुरिजम, लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट निर्जीवन बीमा कम्पनी, इन्भेष्टमेन्ट, म्युचुअल फण्ड, माइक्रोफाइनान्स, फाइनान्स लगायत अन्य सबै कम्पनीको शेयर मुल्य बढेको छ भने ट्रेडिङ कम्पनीको मुल्य घटेको हो ।
आज मुल्य घट्ने कम्पनीहरुमा रिलायन्स लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी, एन आई सी एशिया लघुवित्त वित्तीय संस्था, साल्ट ट्रेडिङ कर्पोरेसन आदि रहेका बजार बढेसँगै शिखर इन्स्योरेन्सको सर्वाधिक १३ करोड ६६ लाख कित्ता शेयर कारोबार भएको छ ।
समता घरेलु लघुवित्त वित्तीय संस्था, मैलुङ् खोला जलविद्युत्त कम्पनी, छ्याङ्दी हाईड्रोपावर र माउन्टेन हाईड्रो नेपाल, मल्टी प्रपोज फाइनान्स कम्पनी, हिमालय पावर पार्टनर सिभिल लघुवित्त वित्तीय संस्था, कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो ।

