काठमाडौं: साविक समता लघुवित्त वित्तिय संस्था लि.र साविक घरेलु लघुवित्त वित्तिय संस्था लि.विच शेयर आदान प्रदान दर (SWAP Ratio) १००ः८० (समताःघरेलु) कायमहुने गरि गाभिए पश्चात संस्थाको कुलचुक्ता पुंजि रु.२८,५६,२०,१६० को २० प्रतिशत वोनस पश्चात म्पनीको चुक्ता पुंजि रु. ३४,२७,४४,१९२ भएकोले शेयर संरचना७०ः३० (संस्थापकःसर्वसाधारण) कायम हुने गरि जारी हुन बांकि शेयर फर्दर पब्लिक ईस्यु द्धारा सर्वसाधारणमा जारी गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

सो सम्झौता(पत्रमासमता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.श्री मदन घिमिरे र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गर्नु भयो ।
आरविवि मर्चेन्ट बंैकिङ्ग लिमिटेड राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको पुर्ण स्वामित्वमा संचालित संस्था हो ।

