काठमाण्डौ / ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत म्यागङ गाउँपालिका वडा नं.३ देउराली- नुवाकोटस्थित देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबीवार्मर प्रदान गरेको छ। बेबीवार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ।
देउराली प्राथमिक स्वास्थ्य केन्द्रको प्राङ्गणमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका नुवाकोट र धादिङ क्षेत्रका प्रमुख रबिन रेग्मी र देउराली शाखा प्रबन्धक हर्कबहादुर तामाङद्वारा म्यागङ गाउँपालिका वडा नं. ३ का अध्यक्ष हरिबहादुर तामाङको उपस्थिमा सामरी स्वास्थ्यकेन्द्रलाई सो बेबीवार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो।साथै सोहि कार्यक्रमकाबीच अस्पतालका डाक्टर, नर्स लगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबीवार्मर संचालन सम्बन्धि विशेष तालिमपनि प्रदान गराईएको थियो।
बैंकले ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत् “न्यानोनानी” परियोजना( २ अन्तर्गत हालसालै लिपानिबिर्ता स्वास्थ्य चौकी (परवानीपुर, हेटौडाअस्पताल, बेतिनी सामुदायिक स्वास्थ्य चौकी-फापरबारी, चन्द्रनिगाहपुर अस्पताल (रौतहट,स्वास्थ्य चौकी चिउरी डाँडा-खोटाङ, कल्पवृक्ष स्वास्थ्य चौकी(सिन्धुली, बर्दिया जिल्ला अस्पताल, शिशुवा अस्पताल (कास्की, महादेवपुरी स्वास्थ्य चौकी-बाँके, स्वास्थ्यसेवा कार्यालय (जाजरकोट, प्राथमिक स्वास्थ्य केन्द्र (प्युठान र इनरुवा अस्पताल (सुनसरीलाई एक-एक थान बेबीवार्मर प्रदान गरि १२ वटा बेबीवार्मर प्रदान गरिसकेको छ।
बैंकले १३औं वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई ‘न्यानोनानी’ बेबीवार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यकालागि सो केन्द्रको “न्यानोनानी” परियोजना- २ को लागि सहयोग प्रदान गरेको थियो।
नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नकोलागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्षरुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ।
ज्योति विकास बैंकले हाल ११४ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६३ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।
प्रेस बिज्ञप्ती

