काठमाडौ / नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले देशै भरि वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गरि ग्लोबल मनि विक भब्य रुपमा सम्पन्न गरेको छ ।
बैंकले देशका सम्पूर्ण व्यक्तिहरुमावित्तीय सेवाको पहँुच पुर्याउने र हरेका वर्ग र क्षेत्रकामानिसहरुलाई वित्तीय चेतनाप्रदानगरि वित्तीय सशक्तिकरण गर्ने उद्देश्यले सो कार्यक्रम संचालन गरेको जनाएको छ
। ग्लोबल मनि विक २०२२ को थिम “बिल्ड योर फ्युचर, वि स्मार्ट अवाउट मनि” र ग्लोबल मनिविक को स्थायी नारा “लर्न सेभ अर्न” लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ ।
बैंकका सात वटै प्रदेश अन्तर्गतका शाखाहरुले विद्यार्थी,महिला,किसान,उद्यमी लगायत समाजका विभिन्न बर्गका व्यक्तिहरु लाभान्वित हुने गरि विभिन्न प्रकृतिका वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ ।
बाग्मती प्रदेश अन्तर्गत १७, लुम्विनी प्रदेश अन्तर्गत २५, प्रदेश नं १ अन्तर्गत २३, मधेश प्रदेश अन्तर्गत १९, सुदुरपश्चिम र कर्णाली प्रदेश अन्तर्गत ३ वटा शाखाहरुमा गरि कुल ८७ वटा स्थानमा उक्त कार्यक्रमहरु सञ्चालन गरिएको र ती कार्यक्रमहरुमा करिब ५००० सहभागि रहेका थिए ।
नेपाल बैंकले यस आर्थिक बर्षको योजना तथा कार्यक्रममा नै वित्तीय साक्षरतालाई बिशेष जोड दिएको र सोहि अनुरुप वित्तीय साक्षरता अभियान यो बर्षभरि नै सञ्चालन हुने बैंकले जनाएको छ । हालसम्म बैंकले आफ्ना १६० शाखाहरुबाट करिब १५००० सहभागिहरुलाई वित्तीय साक्षरता प्रदान गरिसकेको छ ।
नेपाल बैंक लिमिटेडका नेपालभर २१३ शाखाहरु, १५० एटीएम साथै ५० ओटा एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैङ्किङ प्रविधी मार्फत बैङ्किङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडी बढीरहेको छ ।
विगत केहि बर्षयता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपालभर बैङ्किङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक यस नेपाल बैक प्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएको देखिन्छ ।
नेपाल बैंकले डिजिटल कारोवारलाई जोड दिएसंगै यस बैंकका डिजिटल सुविधाहरु प्रयोग गरि कारोवार गर्ने ग्राहकहरुको संख्या दिन प्रतिदिन बढीरहेको छ ।

