काठमाडौं / ज्योति विकास बैंकले २०७८ साल चैत्र २३ गते बुधबार इलाम र कञ्चनबारीमा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखाहरु सञ्चालनमा ल्याइएको हो।
इलाम नगरपालिका ७- इलाम बजारस्थित इलाम शाखा र विराटनगर महानगरपालिका ३, मोरङस्थित कञ्चनबारी शाखाको समुद्घाटन बैंकका अध्यक्ष हरिचन्द्र खड्काले गर्नुभएको थियो।
उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु, बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको उपस्थिति रहेको थियो।
यसकासाथै बैंकले चैत्र २३ गतेकै दिनबाट लमजुङ्ग बेसीशहरस्थित नयाँ शाखा पनि संचालनमा ल्याएको छ।
नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले इलाम र कञ्चनबारी शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै QR code, निशुल्क डलर कार्ड जारी, निशुल्क डिम्याट खाता, निशुल्क मेरो सेयर र जिस्ट्रेशन, निशुल्क डेबिट कार्ड, निशुल्क मोबाईल बैंकिंग सेवा, निशुल्क इन्टरनेट बैंकिंग सेवा , सबै मुद्दती निक्षेपहरुमा साप्ताहिक र मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५ % छुटलगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ।

