काठमाडौं। समृद्धि फाइनान्सका सीइओमा नँया नेतृत्वको आगमन भएको छ । फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनी संस्थाबाट अलग भएपछि नँया कार्यकारीको चयन भएको हो । फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा नायब महाप्रबन्धक विनोदराज पौडेलले एक महिनाका लागि कायममुकायम सीइओको जिम्मेवारी पाएका छन् ।
त्यसपछि आगामी नँया बर्ष बैशाख १ गतेदेखि लागु हुने गरी ४ बर्षका लागि सीइओको रुपमा सन्तोषकुमार घिमिरेले जिम्मेबारी सम्हाल्ने जानकारी टपटेन खबरलाई प्राप्त भएको छ ।

