काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानकालागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा कार्यक्रम अगाडि बढाइरहेका छन् । टोलीले दिनभरी जनसभा र ९ वटा कोणसभाहरु सम्पन्न गरेको छ ।
सर्लाही जिल्लाको बयलबास बजारको बसपार्क, पोखरी टोल, इश्वरपुर नपाको खैराबजार,पोखरीया बजार,फुलजोर चोक,लालबन्दी बजारमा कोण सभा सम्पन्न गरेको छ ।सो सभालाई पार्टी सिसिएम टेकबहादुर विक, पिविएम शारदा महत,पिविएम कृष्णदेव दनुवार,पिविएम कमरेड रामनारायण सिंह,सिसिएम इश्वर ढुंगेल लगायतले सम्बोधन गर्नु भएको थियो ।
अभियान टोलीले बयलबास बजारको चोकमा एक जनसभा सम्पन्न गरेको छ, जसमा पार्टी पिविएम शारदा महत, पिविएम कृष्णदेव सिहं दनुवार र पार्टी स्थायी समिति सदस्य तथा टोली प्रमुख रामसिंह श्रीसले सम्बोधन गर्नु भएको थियो।
कोणसभा सम्पन्न गरिएका सबै र ती बाहेक पनि अन्य ठाँउहरुमा पर्चा वितरण र भित्ते लेखन गरिएका थिए ।
अभियानको छब्बीस औं दिन अर्थात् चैत्र २९ गते ओखलढुङ्गा जिल्लाको चम्पादेवि गाउँपालिका –४ फेदिगुठमा कोणसभामा गरिएको छ । सभामा अभियानबारे र पार्टीको धारणा एकीकृत दलित मुक्ति मोर्चा नेपालको कार्यालय सदस्य तथा पार्टीको वैकल्पिक केन्द्रिय सदस्य शोभा सेन्चुरीले राख्नुभएको हो । भित्तेलेखन ५१ वटा भएको छ ।
त्यसैगरी बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका– १ को बुर्तिवाङ बजारमा ३ नम्बर अभियान टोलीले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बाग्लुङ जिल्लाको आयोजनामा “राष्ट्रिय राजनैतिक परिस्थिति र अबको विकल्प ” विषयक अन्तरक्रिया कार्यक्रममा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य कृष्णराज पौडेलले वर्तमान परिस्थितिमा समसामयिक बिषयबस्तु राख्नु भएको थियो। कार्यक्रम को अध्यक्षता बाग्लुङ जिल्ला सचिवालय सदस्य गुञ्जयमान घर्तिमगर र सञ्चालन तिलक बुढाले गर्नु भएको थियो।
पार्टीका पिबिएम केशबहादुर परियार, शेरबहादुर देउवा र नारायण योगी,वैकल्पिक पिबिएम जितामित्र सुनार र केन्द्रीय सदस्य दिलबहादुर कठायत र झनक श्रेष्ठको पनि आतिथ्यता रहेको थियो। विषयवस्तुमाथि राष्ट्रिय जनमोर्चाका प्रतिनिधि नरबहादुर सुनार, नेपाल कम्युनिष्ट पार्टी ९ विप्लव०का हरि कुँवर, माओवादी केन्द्रका नगर अध्यक्ष हेमचन्द्र घर्तीमगर, एमाले प्रतिनिधि फारमबहादुर कुँवर, नेकपा एकिकृत समाजवादीका प्रतिनिधि बालसम कुँवर, स्वतन्त्र बाम बुद्धिजीवी दलबहादुर भण्डारी, पत्रकार महासंघका लोकेन्द्र सुनार, ईन्द्रमणी पाण्डे र कुलबहादुर छन्त्यालले आआफ्नो विचार राख्नु भएको थियो। अन्तर्क्रियामा उठेका बिषयहरुमा कृष्णराज पौडेलले प्रष्ट पार्नुभएको थियो। अभियान टोलीले बजार क्षेत्र वरिपरि ब्यापक पर्चा वितरण गर्नुका साथै वाल पेन्टिङ पनि गरेको थियो।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा अभियान टो ली ४ का प्रमुख हेमन्त प्रकाश वली सुदर्शनले देश गम्भीर संकटमा फसेको, अर्थतन्त्र कमजोर बनेको बताउनुभएको छ ।अर्घाखाँचीको भुमिकास्थान नगरपालिका र मालारानी गाउँपालिकामा आयोजना गरेको जनसम्बन्ध बिस्तार अभियान कार्यक्रममा मन्तब्य राख्दै नेता ओलीले यस्तो बताउनुभएको हो ।दलाल, पुँजीपतिहरुको कब्जामा देशको अर्थतन्त्र पुगेको भन्दै यसले गर्दा जनता झनै गरिबीको चक्रमा फस्दै गएको उहाले जोड दिनु भयो ।नेता ओलीले अहिले राजावादीहरुले टाउको उठाइरहेको भन्दै यसको प्रमुख कारण अहिलेको दलहरुका गतिविधिका कारण भएको कुरामा उल्लेख गर्नु हुँदै अहिले राजावादी सल्बलाएका छन्, एकपटक जनताले रिजेक्ट गरेको राजसंस्था फेरी सल्बलाउनु भनेकै अहिलेको दलाल सरकारको उपज हो, उनीहरुकै कारण यो अवस्था आएको बताउदै वित्तिय संस्था, मिटरव्याज जस्ता नयाँ रुपका साहुँहरुले जनतालाई उठिबास लगाएकाले अब क्रान्तिकारी कम्युनिष्ट पार्टी यसका विरुद्ध जनतालाई एकता बनाएर जाने जनाउनुभएको छ ।
कार्यक्रममा पोलिटव्युरो सदस्य धनिश्वर पोखेल, प्रेम सुवेदी , श्याम ब बोहोरा , लाल ब जाग्री, कृष्ण के,सी ,नरेन्द्र थापा ,केन्द्रीय सदस्य हुकुम खड्का नवीन खड्का, दिनेश थापा, राजेन्द्र नेपाली लगायतले कार्यक्रममा मन्तब्य राख्दै जनताका पक्षमा आफ्नो पार्टीले अभियान सञ्चालन गरेर छरिएर रहेका कम्युनिस्ट लाई एककृत गर्ने बताएका थिए।
पार्टीले जनतासँग जोडी स्थापित गर्न, पार्टी संगठन सुदृढ गर्न, एकता महाधिवशनबाट पारित विरारधारात्मक राजनीतिक कार्यदिशालाई जनताबीच पुर्याउनका लागि अभियान थालेको पार्टीले जनाएको छ यो अभियान बैशाख १८ गतेसम्म चल्ने सो पार्टीले जनाएको छ । ।

