नेपालको सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आज बस्न लागेको छ। यो बैठक राष्ट्रपतिबाट सम्बोधन हुने विशेष बैठक हो, जसमा सरकारले नयाँ आर्थिक वर्ष (२०८२/८३) का लागि आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ।
नेपालको संविधान अनुसार प्रत्येक वर्ष सरकारको तर्फबाट राष्ट्रपति समक्ष संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरिन्छ। यो नीति तथा कार्यक्रममा सरकारले आगामी वर्षमा अपनाउने विकास रणनीति, आर्थिक नीति, सामाजिक सुधारका कार्यक्रम, पूर्वाधार योजनाहरू, सुशासनका लक्ष्य, र अन्य राष्ट्रिय महत्वका विषयहरू समावेश हुन्छन्।सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ः०० बजेका लागि बोलाइएको छ ।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार संयुक्त बैठकको सम्भावित कार्यसूची तय भएको छ । नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।
सभामुख देवराज घिमिरेले दिनको २ बजेर ४५ मिनेटभित्र प्रतिनिधिसभाका सदस्यलाई आशनग्रहण गरिसक्न र निर्धारित पोशाकमा उपस्थित हुन यसअघि नै आग्रह गरिसक्नुभएको छ
सङ्घीय संसद् सचिवालयले यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ ।
यस्तै, वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ । प्रि–बजेट छलफलका रूपमा त्यसलाई लिइएको छ । नेपालको संविधानअनुसार आगामी, जेठ १५ गते सरकारको आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने व्यवस्था छ ।
सञ्चालक / सम्पादक : नन्दलाल खरेल
निर्देशक : शत्रुघन श्रेष्ठ
सल्लाहकार :प्रविन जोशी
म्यानेजर: शोभा ढकाल
संरक्षक :राजन थापा
साहित्य संयोजक:जयराम बिडारी
प्रतिनिधि: दिपक योगी
प्रेस प्रतिनिधि : रमेश घिमिरे
प्रेस प्रतिनिधि :अनिश खरेल
प्रेस प्रतिनिधि : भरतराज सुवेदी
बिजनेश म्यानेजर : सुधिरकुमार कर्माचार्य
बजार व्यवस्थापक : टेकेन्द्र थापा
संचार रजिस्ट्रार दर्ता नं.१४८४/०७६-७७