काठमाण्डौं। नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।
सोमबार सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँ कायम रहेको छ।
आइतबार पनि सुन यहीँ मूल्यमा कारोबार भएको थियो।
सोमबार चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ।
आइतबार प्रतितोला दुई हजार एक सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य आज दुई हजार एक सय ७० रुपैयाँ रहेको छ।

