काठमाडौं
असार ३०
नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागद्वारा आयोजित “विपद् व्यवस्थापनः चुनौती, अवसर र भावी कार्यदिशा” विषयक विशेष छलफल कार्यक्रम सोमबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा सम्पन्न भयो।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्ला दिनहरूमा मुलुकमा देखा परेका बाढी, पहिरो र अन्य प्राकृतिक विपद्बाट जनधनको क्षति बढिरहेको उल्लेख गर्दै दीर्घकालीन योजना, विज्ञान र प्रविधिमा आधारित प्रणालीको आवश्यकता औंल्याए। विपद् पूर्व तयारी, जोखिम न्यूनीकरण र प्रभावकारी प्रतिकार्य संयन्त्र निर्माणमा राज्य गम्भीर बन्नुपर्नेमा उनले जोड दिए।
नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागद्वारा आयोजित “विपद् व्यवस्थापनः चुनौती, अवसर र भावी कार्यदिशा” विषयक विशेष छलफल कार्यक्रम सोमबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा सम्पन्न भयो।
कार्यक्रममा वरिष्ठ विपद् विज्ञ मान थापाले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा विपद् व्यवस्थापन अझै ऐन, नीतिमा मात्र सीमित रहेको र कार्यान्वयनमा कमजोरी रहेको उल्लेख गरे। उनले विपद्को पूर्वानुमान, सूचनाको प्रवाह, स्थानीय तहको सशक्तिकरण तथा स्रोत साधनको प्रभावकारी परिचालनमा ध्यान दिन सुझाव दिए।
छलफलमा सहभागी विभिन्न विज्ञ, पूर्वप्रशासक, राजनीतिकर्मी तथा बुद्धिजीवीहरूले विपद् व्यवस्थापनमा संघीय ढाँचाको समन्वय, समुदाय आधारित पूर्वतयारी, सचेतना कार्यक्रम र दीर्घकालीन पूर्वाधार निर्माणमा जोड दिनुपर्ने धारणा राखे।
कार्यक्रममा सहभागिता जनाउँदै डा. डिला संग्रौलाले नेपालमा विपद् व्यवस्थापन अझै पनि प्रतिक्रिया आधारित (reaction-based) रहँदै आएको बताउँदै यसको सट्टा जोखिम न्यूनीकरणमा केन्द्रित भएर कार्य योजना बनाइनुपर्ने आवश्यकता औंल्याइन्।
उनले भनिन्, “विपद् व्यवस्थापन भन्नासाथ हामी पीडितको उद्धार र राहतमा मात्र केन्द्रित हुने गरेका छौँ, तर दीर्घकालीन पूर्वतयारी, जोखिम मूल्यांकन र स्थानीय तहमा क्षमतावृद्धि नगरी प्रभावकारी व्यवस्थापन सम्भव छैन।”
डा. संग्रौलाले विपद् व्यवस्थापनलाई शिक्षा प्रणालीसँग जोडेर बालबालिकादेखि समुदायस्तरसम्म सचेतना फैलाउनुपर्ने सुझाव पनि दिइन्। साथै, विपद् सम्बन्धी अनुसन्धान र प्रविधिमा लगानी बढाउनुपर्ने आवश्यकता उनले जोड दिइन्।
छलफलमा सहभागी विभिन्न विज्ञ, पूर्वप्रशासक, राजनीतिकर्मी तथा बुद्धिजीवीहरूले विपद् व्यवस्थापनमा संघीय ढाँचाको समन्वय, समुदाय आधारित पूर्वतयारी, सचेतना कार्यक्रम र दीर्घकालीन पूर्वाधार निर्माणमा जोड दिनुपर्ने धारणा राखे।
कार्यक्रमको संयोजन विभाग प्रमुख डा. अर्जुन श्रेष्ठले गरेका थिए। उनले विपद् व्यवस्थापनलाई राष्ट्रिय सुरक्षा र विकासको अभिन्न हिस्सा मानेर राजनीतिक दलहरूले साझा कार्यदिशा तय गर्नुपर्ने बताए।
कार्यक्रममा कांग्रेसका सांसद, विज्ञहरू, नीति निर्माताहरूको उल्लेखनीय उपस्थिति थियो।