काठमाडौं, साउन २१ – प्रधानमन्त्री ओलीले कक्षा १२ को नतिजा सार्वजनिक भएपछि सफल विद्यार्थीहरूलाई बधाई दिएका छन्। हाल तुर्कमिनिस्तानमा आयोजित भूपरिवेष्ठित विकासशील देशहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भइरहेका प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत बधाई सन्देश दिएका हुन्।
प्रधानमन्त्री ओलीले भनेका छन्, “बधाई नानीबाबुहरू! तपाईँहरूको मेहनत सफल भयो, अब नेपालमै पढ्ने र देशमै केही गर्ने नयाँ यात्राको सुरुआत गरौँ।”
उनले देशभित्रै अध्ययन र कर्म गर्ने सोचलाई प्राथमिकता दिनुपर्नेमा पनि जोड दिएका छन्। देशभक्तिपूर्ण दृष्टिकोणसहित शिक्षा र सीपले राष्ट्र निर्माणमा योगदान पुर्याउने अपेक्षा प्रधानमन्त्रीको सन्देशमा झल्किएको छ।
राष्ट्रिय परीक्षा बोर्डले आज बिहान कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो। यो वर्ष पनि लाखौँ विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
प्रधानमन्त्रीको बधाई सन्देशलाई विद्यार्थी तथा अभिभावकहरूले उत्साहप्रद रूपमा लिएको प्रतिक्रिया देखिएको छ।

