काठमाडौँ, २४ भदौ ।
जेनेरेसन–जेडी (जेन्जी) को आन्दोलन चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज पदबाट राजीनामा दिएका छन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले टपटेनखबरलाई जानकारी दिँदै ओलीको राजीनामा स्वीकृत भएको पुष्टि गरेका हुन्।
ओलीले आज अपराह्न आकस्मिक पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गरेका थिए। सामाजिक सञ्जाल बन्द र त्यसलाई लिएर उत्पन्न भएको जनअसन्तोषलाई प्रमुख कारण बताउँदै उनले पदबाट हट्ने निर्णय गरेका हुन्।
उनको राजीनामासँगै अब नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ।

