काठमाडौँ – नेपाली बजारमा सुन र चाँदीको मूल्य आज उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य आज तोलामा १२ सय रुपैयाँले वृद्धि भई २,३९,२०० रुपैयाँ पुगेको छ ।
यो मूल्य अहिलेसम्मकै उच्चतम रेकर्ड हो।
गत पाँच दिनदेखि सुनको मूल्य लगातार बढ्दै आएको छ। आइतबार सुनको मूल्य तोलामा ७ हजार रुपैयाँ बढेको थियो भने सोमबार दुई हजार पाँच सय र मंगलबार दुई हजार तीन सय रुपैयाँले वृद्धि भएको थियो। हिजो सुनको भाउ प्रतितोला २,६०० रुपैयाँले बढेको थियो।
चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी प्रतितोला ३,२५० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ, जुन हिजो भन्दा ६५ रुपैयाँले बढेको हो।
विशेषज्ञहरूले सुन–चाँदीको मूल्यमा लगातार वृद्धि हुनु बजारमा माग–आपूर्तिको असन्तुलन र विश्वव्यापी आर्थिक अस्थिरतासँग सम्बन्धित रहेको विश्लेषण गरेका छन्।