प्रदेश-१ मा नेकपा एमाले छोडेर १० जना प्रदेश सभा सदस्य नवगठित नेकपा (एकीकृत समाजवादी)मा जाने भएका छन्। उनीहरूले आज दिउँसो विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयमा गएर माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न लागेको जनाएका छन्।
हामी दिउँसो १२ बजेतिर निर्वाचन आयोग जाँदैछौं। आज १० जनाले सनाखत गर्दैछौं। २२ गतेसम्म अरू तीनदेखि पाँच जनासम्म साथीहरू थपिनुहुन्छ,’ प्रदेश सभा सदस्य सावित्री रेग्मीले सेतोपाटीसँग भनिन्,‘आज सनाखत गर्न लागेका साथीहरू सबै सँगै छौं।’
उनका अनुसार आज राजेन्द्र राई, राजन राई, गणेश काङमाङ, सावित्रा रेग्मी, सरिता थापा, खिनोलङ्वा लिम्बु, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, उपेन्द्रप्रसाद घिमिरे र सुनिताकुमारी चौधरीले सनाखत गर्दै छन्।
यी १० जना सांसदले एकीकृत समाजवादीका पक्षमा सनाखत गरे प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा पर्नेछन्। ९३ सदस्यीय प्रदेश सभा अहिले ९२ जना सांसद छन्।
प्रतिक्रिया दिनुहोस्https://www.facebook.com/v3.3/plugins/comments.php?app_id=691077371279161&channel=https%3A%2F%2Fstaticxx.facebook.com%2Fx%2Fconnect%2Fxd_arbiter%2F%3Fverstopati.com%26is_canvas%3Dfalse%26origin%3Dhttps%253A%252F%252Fwww.setopati.com%252Ffb9224c5bea664%26relation%3Dparent.parent&container_width=795&height=100&href=https%3A%2F%2Fwww.setopati.com%2Fpolitics%2F247643&locale=en_US&numposts=50&sdk=joey&version=v3.3&width=
थप
राजनीति
बागमती प्रदेशका सामाजिक विकास मन्त्री शर्माले दिए राजीनामाझलनाथ खन

